काठमाण्डौ, २३ बैशाख । डडेलधुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विक रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो ।
उहाँका अनुसार नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बाग्मती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएका चार जनामध्ये चालक थापामगर र अर्का विकको उपचारका क्रममा डडेलधुरा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका बेनीघाट रोराङका ३१ वर्षीय सुदीप बिक र डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत बिकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।