२०८३ कार्तिक ११ गते बुधवार

दाङमा नदीमा डुबेर एक युवतीको मृत्यु

तुलसीपुर, २३ बैशाख ।  दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन जानुभएको थियो । सोही क्रममा पानीमा पसेकी एक नाबालिकालाई बचाउन खोज्दा पानीमा डुबेर उहाँको मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।