२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा लागु औषध मुद्धामा फरार रहेका दुईजना २२ वर्ष पछि पक्राउ

सल्यान, २१ बैशाख ।  सल्यानमा लागु औषध मुद्धामा फरार रहेका दुईजनालाई २२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– ४ का ७० वर्षीय मन बहादुर पुन र ६७ वर्षीय प्रेम बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

प्र्रहरीका अनुसार अदालतले २०५९ माघ २६ गते उनीहरुलाई जनही २ वर्ष कैदको फैसला गरेको थियो । त्यसपछी फरार रहेका दुबैजनालाई २२ बर्ष पछी पक्राउ गरिएको हो । दुवै प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।