काठमाडौं, २१ बैशाख । भेट्टाएको नागरिकताबाट कम्पनी खोलेर करिब तीन करोड रुपैयाँ ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ बिष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका–१ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पेप्सीकोलाबाट र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो ।
उनीहरुले उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको नागरिकता भेट्टाएर त्यसमार्फत कन्सल्टेन्सी खोलेर करिब ३ करोड रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । २१९ जनाबाट २ करोड ७८ लाख रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेपछि पीडितको संख्या अहिले थप भएको छ । प्रहरी सम्पर्कमा आएकाहरुको विवरण र यसअघि वैदेशिक रोजगारीमा परेको उजुरीको आधारलाई मान्दा अहिलेसम्म करिब ३ करोड रुपैयाँ ठगी भएको खुलेको हो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।