आईपीएल : कोलकाताले बेंगलोरलाई ६ विकेटले हरायो

वैशाख १७ । 

आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । आइतबार रातिको खेलमा १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको हो ।

कोलाकातालाई जिताउन क्रिस लायनले ६२ र रोविन उथप्पाले ३६ रन बनाए । त्यसैगरि, सुनिल नाराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे । उथप्पाले २१ बलमा तीन तीन चौका र छक्काको सहयोगमा ३६ रन बनाए । यस्तै नाराइनले १९ बलमा ३ चौका र १ छक्का सहित २७ तथा कप्तान कार्तिकले १० बलमा २ चौका र १ छक्कासहित २३ रन बटुलेपछि कोलकाता विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको बेंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । कोहलीले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६८ रन बनाए । यसैगरि ब्रेण्डोन म्याककुलमले ३८ र एण्टोन डे ककले २९ रनको योगदान गरेपनि त्यो बेग्लोरका जितका लागि पर्याप्त भएन । जितसँगै कोलकाता अंकतालिकाको चौथो स्थानमा छ । बेंग्लोर भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७५ बैशाख १७ गते सोमवार
प्रतिक्रिया