२०८३ कार्तिक ११ गते बुधवार

आगलागीबाट फेरी ६५ घर जलेर नष्ट

सर्लाही, २१ बैशाख ।  सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका हुन । हिजो दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको थियो ।

फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएको प्रहरीले जनाएको छ । विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।