२०८३ कार्तिक ११ गते बुधवार

आगलागीमा परि ४ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची, १८ बैशाख ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।

हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।