२०८३ कार्तिक ११ गते बुधवार

दाङमा आगलागीबाट २४ वटा घर जलेर नष्ट

तुलसीपुर, १६ बैशाख ।  दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीले अरू १० वटा गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । एउटा गाउँमा रहेका २५ वटा घरमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाएका थिए ।

जस्ताले छाएर बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीयले बताएका छन् ।।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।