रामेछाप, १५ बैशाख । खाना पकाउने क्रममा जलेकी रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ । अस्ति बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ जल्नुभएको थियो ।
घाइते उहाँको काठमाण्डौको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।