नेपाल र कतारबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं,१२ बैशाख । नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा विभिन्न क्षेत्र सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । दुई देश बीच भएको सम्झौतामा कतार र नेपालका राष्ट्रिय समाचार संस्थाहरूबीच समाचार आदानप्रदान, संस्कृति र कलाको प्रवर्द्धन, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान, युवा र खेलकुद लगायतका विभिनन वुँदामा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यस्तै नेपालको इन्स्टिच्युट अफ फरेन अफेअर्स र कतारको कुटनीतिक निकायबीच कर्मचारीलाई तालिम आदानप्रदान गर्ने विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया