आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं,१२ बैशाख । आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । सुन तोलामा एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा एक लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ६ सयद ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया