२०७२ सालको गोरखा भूकम्पको नौ वर्ष पुरा

काठमाण्डौ, १२ बैशाख ।  आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।

अघिल्लो पुस्ताले धेरै चर्चा गर्ने १९९० सालको भूकम्पसँगै तुलना गरिएको २०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । भुकम्पबाट क्षेती भएका संरचना निर्माणका लागि मापदण्डहरु बनेपनि कतिपय लागू पनि भएपनि अहिले भूकम्पको जोखिमलाई बिर्संदै गएको पाइन्छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प गयो । यो भूकम्पमा परी एक सय ५६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया