पर्सा, ११ बैशाख । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन् । स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुली सर्ट भएर सल्किएको आगोले सहनीसहित वरपरका सात घरमा क्षति गरेको हो । आगलागीबाट ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पीडितको फुसका घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुई वटा दमकमको सहायताले आगो निभाइएको जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।