२०८३ कार्तिक ११ गते बुधवार

आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ

गुल्मी, १० वैशाख ।  गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जनालाई प्र्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियार रहेको जिल्ला प्र्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।