नेपाल प्रहरीका प्रमुख बसन्त कुँवर फ्रान्स प्रस्थान

काठमाडौं, १० वैशाख ।  नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ ।

त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुदै छन् । प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई दिइएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया