निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डौ, ९ बैशाख ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलबाट २३ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ ।गएको असोजमा दायर भएको ुपेमेन्ट गेटवेु को मुद्दामा उनलाई विशेष अदालतले अस्ति शुक्रवार मात्रै दोषी ठहर गरेको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया