
काठमाडौं, ८ बैशाख । अघिल्लो हप्ता पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ भने ८२ जना घाइते भएका छन् । भारी वर्षा, बाढी तथा चट्याङलगायतका कारण जनधनको क्षति भएको छ ।
मुख्यगरी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धेरै क्षति भएको छ । त्यहाँ ३६ जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणकाअनुसार देशभर दुई हजार ७ सय १५ वटा घरमा आंशिक वा पूर्ण रुपमा क्षति पुगेको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार