तुलसीपुरमा अटोको छतबाट टिन खस्दा मोटरसाइकलमा सवार ३ जना घाइते

तुलसीपुर, ६ बैशाख ।  दाङको तुलसीपुरमा अटो माथी राखेका टिनका पाता खस्दा मोटरसाइकलमा सवार ३ जना घाइते छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–७ का ६५ वर्षीय सुन्दर चौधरी, पछाडी सवार उहाँकी बुहारी ३१ वर्षीय सपना चौधरी र सपनाको छोरा ११ वर्षीय अरबिन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार रा १ ह ३७५४ नम्बरको अटो छतमा टिन लोड गरेर  तुलसीपुरबाट कालाखोलातर्फ जादै गर्दा  तुलसीपुर–७ मोतीपुर नजिकै आज बिहिबार बिहान ११ बजेको समयमा छतबाट एक्कासी टिन खस्दा लु १४ प ७१६८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरु घाइते भएका हुन् । घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया