२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर नष्ट

तुलसीपुर, ५ बैशाख ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर नष्ट भएको छ । डाँडागाउँका स्थानिय चन्द बहादुर बुढाको घरमा आगलागी हुदा पुर्णरुपमा जलेर नष्ट भएको जनकल्यान सामुदायी वनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

आज दिउँसो १ बजेको समयमा घरमा सल्किएको आगो नेपाली सेना र तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले आगलागीबाट भएको क्षतीको विवरण संकलनको काम भइरहेको छ । बस्तीको आगो निभाएपनि सामुदायीक वनमा लागेको आगो भने अझै नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।