मकवानपुर, ५ बैशाख । मकवानपुरमा डेढ सय किलो गाँजासहित सातजनालाई प्र्रहरीले पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुईजना किशोर छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन । अन्य पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।