सल्यानमा बस दुर्घटनामा परी घाइते हुनेको संख्या २२ पुग्यो

तुलसीपुर,५ वैशाख । सल्यानमा भएको बस दुर्घटनामा परी २२ जना घाइते भएका छन् । आज बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सलयानले जनाएको छ ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । घाइते २२ जनामध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको मध्यम र अन्यको सामान्य रहेको प्रहरीको भनाई छ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया