२०८३ कार्तिक ११ गते बुधवार

आगो निभाउने क्रममा एक जनाको मृत्यु

गुल्मी, ३ बैशाख ।  आगो निभाउने क्रममा गुल्मीमा आज सोमवार एक जनाको ज्यान गएको छ । स्थानीय सल्लाघारीमा लागेको आगो निभाउने क्रममा मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । सर्वोदय माध्यमिक विद्यालयको सल्लाघारीमा लागेको आगो निभाउन गएको अवस्थामा अचानक आगोको लप्को आएपछि भाग्ने क्रममा घर्ती भीरबाट लडेका प्रहरीले जनाएको छ । यस्तै भीरबाट लड्नुभएका ५२ बर्षीय रेशम थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।