२०८३ भाद्र २६ गते शुक्रवार

टुनापानीकाे सिद्वेधारामा खैराबाङ भगवतीको मन्दिर निर्माण

तुलसीपुर, २ वैशाख । तुलसीपुर ३ टुनापानीकाे सिद्वेधारामा खैराबाङ भगवती देवीको मन्दिर निर्माण गरिएको छ । सांस्कृतिक पहिचान र पर्यटन विकासकालागि करिब  १४ लालगानीमा मन्दिरको निर्माण गरिएको हो ।

मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले मेयर खड्काले यस क्षेत्रलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताउनुभयो । वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्रतापकोटको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्दिर निर्माणकालागि पर्यटन मन्त्रालयले ७ लाख ५० हजार बजेट दिएको थियो भने स्थानीयले ७४ हजार १ सय ५५ रूपैयाँ बराबरको श्रमदान गरेका छन् । मन्दिरमा पञ्च धातुबाट निर्मित मुर्ती राखिएको छ । खैराबाङ भगवती देवीको मुर्ती निर्माणकालागि दाताबाट ६ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।