गहुँ खेतमा महिलाको शव फेला

जनकपुर, २ वैशाख। धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी माइती गएकी उहाँ शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उहाँको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उहाँको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । साँझदेखि हराइरहेको उहाँको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया