२०८३ कार्तिक ११ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं, २ बैशाख ।  झापा र सुनसरीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे झापाको कमल गाउँपालिका–३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–४ का २७ वर्षीय विष्णु लिम्बु र मोटरसाइकलमा पछाडी सवार १५ वर्षीय बिपल नेपाल घाइते भएका थिए । उनिहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याए लगत्तै लिम्बुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र–७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भएका मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय विशाल कोइरालाको धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।