२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा अटो दुर्घटना हुँदा ३ जना घाइते

तुलसीपुर, १ बैशाख । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर-४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी वलि र १९ बर्षीय सरिता वलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चखौराबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५१७७ नम्बरको अटो आज बेलुका ६ बजेको समयमा तुलसीपुर-८ भम्के नजिकै आफै अनियंत्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।