रामेछाप, १ बैशाख । खाना पकाउने सिलिण्डर ग्याँस लिक भएर आगलागी हुँदा मन्थली नगरपालिका–१३ फुलासीको देविटारमा एउटा घर जलेर नष्ट भएको छ ।
आज बिहान स्थानीय रामबहादुर गिरीको चार कोठे घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको हो । आगलागीबाट झण्डै नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।