२०८३ कार्तिक ११ गते बुधवार

गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको मृत्युपछि बाँकेको एउटा गाउँ शोकमा

बाँके, २८ चैत ।  भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाट नजिक भएको गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ । भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बेतालघाट नजिकै अस्ति राति भएको गाडी दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छ जनाको निधनले वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको ज्यान गएको थियो । वडाध्यक्ष थारूले भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेको बताउनुभयो ।।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।