२०८३ कार्तिक ११ गते बुधवार

सशस्त्र प्रहरी बलको गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ, २७ चैत ।  काठमाण्डौको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

समितिले आगलागीको कारण, क्षति तथा अन्य विषयमा छानबिन गर्नेछ । आगलागी लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हिजो बेलुका बलम्बु पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै छानबिन गर्न निर्देशन दिनुभएको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।