२०८३ कार्तिक १२ गते बिहिवार

पश्चिम दाङको शान्तिनगरमा अटो र मिक्चर ठोक्किदा ७ जना घाइते

तुलसीपुर, २५ चैत ।  पश्चिम दाङको शान्तिनगरमा अटो र मिक्चर ठोक्किदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिगर गाउँपालिका–४ का अटो चालक ३८ वर्षीय ज्ञान बहादुर केसी, अटोमा सवार सोही ठाउँका ८ वर्षीय अनुराग पुन, ३७ वर्षीय दुर्गा राईमाजी, उहाँकी छोरी १३ वर्षीय दिपशिखा राईमाजी, सोही ठाउँकी ३१ वर्षीय यामा पुन, २६ वर्षीय पार्वती पुन र ९ वर्षीय कृष्णा पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चिराघाटबाट शान्तिनगरतर्फ जादै गरेको रा १ ह २६१२ नम्बरको अटो र सोही दिर्शा तर्फ जादै गरेको मिक्चर बोकेको रा १ त ३७४३ नम्बरको ट्याक्टर शान्तिनगर ४ चिराघाट नजिकै आज आइतबार बेलुका ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।