२०८३ कार्तिक ११ गते बुधवार

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौ, २३ चैत ।  बैतडीको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र ट्र्याक्टरमा सवार बैतडीको पाटन नगरपालिका–१० का ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बैतडीको सुर्नयाबाट खोड्पे तर्फ जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।