२०८३ कार्तिक ११ गते बुधवार

दाङमा भएको बस दुर्घटनामा २४ जना घाइते, केहीको अवस्था गम्भिर

तुलसीपुर, २१ चैत ।  दाङको लमहीमा भएको बस दुर्घटनामा परी २२ जना घाइते भएका छन् । दुर्घटनामा परी दाङको घोराही–१५ का ५० वर्षीय विनोद पौडेल, राप्ती गाउँपालिका २ निवासी ७८ वर्षीया चन्द्रकमला थापा, सोही ठाउँका ४७ वर्षीय धनस्याम थापा, ७० वर्षीया शिवादेवी रावत, राप्ती गाउँपालिका–१ निवासी ८२ वर्षीय हुम बहादुर राना, लमही–६ का ४० वर्षीय गोविन्द पाण्डे, रा१ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का ३८ वर्षीय लक्ष्मन थारु, रोल्पाको थवाङ गाउँपालिका–३ निवासी ३१ वर्षीय दिपेन्द्र बुढा, उहाँको १० महिनाको छोरा सुमन बुढा, प्युठानको झिम्रुक गाउँपालिका–४ निवासी २८ वर्षीया तुलसा बुढाथोकी, रुपन्देहीको देवदह नगरपालिका–४ निवासी ५३ वर्षीय रुद्र प्रसाद पौडेल, बुटवल नगरपालिका–११ का ४२ वर्षीया पार्वती अर्याल, शुद्धोधन गाउँपालिका–३ की २५ वर्षीया शृष्टी खनाल, सोही ठाउँकी ५ वर्षीय अन्शु नेपाल, सैनामैना नगरपालिका–४ का तुरबिर बिष्ट, उहाँकी ७ वर्षीया नातीनी बिबिशा बिष्ट घाइते भएका छन् ।

यस्तै पाल्पाको तानसेन नगरपालिका–१० की ३२ वर्षीया सबिता न्यौपाने, सोही ठाउँकी ९ वर्षीया स्वस्तिका न्यौपाने, कपिलवस्तुको विजय नगरपालिका–१ का ८० वर्षीय शंकर रोका, सोही ठाउँका ६२ वर्षीय थमन बिष्ट, ३४ वर्षीया टिका बिक, उहाँको ९ बर्षको छोरा निर्मल बिक, बर्दियाको भुरीगाउँ निवासी डेढ बर्षकी गृष्मा थारु र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ की २३ वर्षीया विश्व कुमारी थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथ डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । घाइते मध्य दुईजनाको अवस्था गम्भिर रहेको छ भने ८ जनालाई थप उपचारका लागी भैरहवा रिफर गरिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार पुर्व–पश्चिम राजमार्ग अन्र्तगत दाङबाट बुटवलतर्फ जादै गरेको रा १ ख २५८१ नम्बरको बस र बुटवलबाट बर्दियाका लागी छुटेको लु १ ख ७३३६ नम्बरको बस दाङको लमही नगरपालिका–३ बनगाउँ नजिकै आज बुधबार बिहान पौने १२ बजेको समयमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।