तुलसीपुर, २१ चैत । दाङको लमहीमा २ वटा यात्रुबहाक बस ठोक्किदा दुर्घटना भएको छ । लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा केही यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरुको एकीन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै बसमा सवार रहेका केही यात्रुहरु घाइते भएका छन् । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ ।
बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस बुधबार साढे ११: ४० बजेतिर ठोक्किएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।