दाङ, १९ चैत । दाङकी एक महिलालाई ६ किलो चरेशसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ निवासी ४५ वर्षीया आशा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गर्दा आज सोमबार बढैयाताल गाँउपालिका–२ स्थित चेकजाँचका क्रममा ६ किलो चरेश फेला परेपछी उनलाई पक्राउ गरिएको हो । उनको साथबाट १२ पोका ५ केजी ९ सय २५ ग्राम चरेश र भाङको डल्ला २८ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।