२०८३ कार्तिक ११ गते बुधवार

गुण्डागर्दीमा संलग्न एकजना पेस्तोलसहित पक्राउ

काठमाण्डौ, १६ चैत ।  गुण्डागर्दीमा संलग्न एकजनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौ‌ले जनाएको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।