काठमाडौं, १६ चैत । दार्चुलामा भीरबाट लडेर एकजना वडा सचिवको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो बेलुका नै भीरबाट लडेर लुहारको मृत्यु भएपनि घटनाबारे प्रहरीले आजमात्रै जानकारी पाएको बताइएको छ ।
प्रहरीका अनुसार शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लडेको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।