२०८३ कार्तिक १२ गते बिहिवार

पश्चिम दाङको मलईमा भिरबाट लडेर एक युवतीको मृत्यु

दाङ, १५ चैत ।  पश्चिम दाङको मलईमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ७ मलई निवासी १८ बर्षीय करिष्मा घर्ती रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख, प्रहरी निरीक्षक अजय जंग थापाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बुधबार (हिजो) बिहान ९ बजेको समयमा घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर स्यानीखोलामा खसेर उहाँको घट्नास्थलमै मृत्यु भएको हो । घर्तीको शव राप्ति प्रदादेशीक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछी परिवारको जिम्मा लगाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।