२०८३ कार्तिक ११ गते बुधवार

आउँदो वैशाख २ गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍उने सरकारको लक्ष्य

काठमाण्डौ , १४ चैत । नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्छ ।

प्युठान, रोल्पा, ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री सुरु भएको छ । आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री शुरु हुने केन्द्रले जनाएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री शुरु गरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्रकुमार शर्माले बताउनुभयो ।

त्यसैअनुसार पहिलो प्राथमिकतामा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराई र अन्तिममा काठमाण्डौ उपत्यकामा पुस्तक वितरण गर्ने केन्द्रको तयारी छ । केन्द्रले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । कक्षा ५ को ५ लाख थान पुस्तक छाप्न बाँकी छ । त्यसबाहेक ६ देखि १२ कक्षासम्मको पाठ्यक्रम छापिसकेको केन्द्रले जनाएको छ । कक्षा ५ को पुस्तक पनि केही दिन मै छापिसक्ने केन्द्रका सूचना अधिकारी शर्माले बताउनुभयो । केन्द्रले आउँदो वैशाख २ गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍उने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।