२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरका एकजनाको काप्रो टिप्ने क्रममा करेन्ट लागेर मृत्यु

तुलसीपुर, १२ चैत ।  दाङको तुलसीपुरका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१० निवासी ३३ देवराज देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जमा रहेको नारायणी आँखा अस्पतालमा ल्याब टेक्निसियनको रुपमा कार्यरत देवकोटाको आइतबार (हिजो) बेलुका सवा ६ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा चढेर काप्रो टिप्ने क्रममा हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छुदा उनी रुखबाट भूइमा खसेका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका उनको उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनको शव अहिले पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।