२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

दाङ, ११ चैत ।  दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका ५ निवासी अन्दाजी २३/२४ वर्षीय प्रदीप यादव र प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार हुलाकी सडकखण्ड अन्र्तगत पुर्वबाट पश्चिम गंगदीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको रात्री बसले बिपरित दिशाबाट जादै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई गयराती पौने ८ बजेको समयमा राजपुर गाउँपालिका ५ नौसहरा नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार प्रमोदको घटनास्थलमै मृत्यु भएको र चालक प्रदीपलाई थप उपचारका लागी नेपालगंज लैजाने क्रममा बाटोमै मृत्यु भएपछी फर्काएर पुनः घटनास्थलमा ल्याइएको प्रहरीले बताएको छ । मृतकका आफन्तले अवरोध गरेका कारण अहिले मृतक दुबैजनाको शव घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।