२०८३ कार्तिक १२ गते बिहिवार

पर्यटक बस दुर्घटना हुदा ६ जना घाइते

तनहुँ, १० चैत ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा आज बिहान पर्यटक बस दुर्घटना हुँदा छ जना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाण्डौका लागि छुटेको बा १ प ११३९ नम्बरको पर्यटक बस पल्टिँदा घाइते भएकाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । बसमा २६ जना यात्रु थिए ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।