२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु

दाङ, १० चैत ।  दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ निवासी ५५ वर्षीया दिलसरा केसी र उहाँका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।