काठमाडौं, १० चैत । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक सिंहकी छोरी शान्ति सिंह, कृतिका सिंह, पञ्चादेवी सिंह, लक्ष्मी सिंह, छोरा नितेश सिंह, धिरेन्द्रबहादुर सिंह, र श्रीमती निशा सिंह घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।