तुलसीपुर, २५ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो जीवन कथामा आधारित पुस्तक विक्रीका लागी दाङको तुलसीपुरमा आउनुभएको छ । ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामको सो पुस्तक विक्रीका लागी उहाँ दाङ आउनु आउनुभएको हो । सो पुस्तक राष्ट्रिय आविष्कार केन्द्रले नै प्रकाशन गरेको उहाँको भनाई छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग अन्र्तगत बैतडी, धनगडी, महेन्द्रनगर हुदै २३औं जिल्लाका रुपमा दाङ प्रवेश गरेको भन्दै यो अभियान थालेको ६१ दिन भइसकेको उहाँले बताउनुभयो । विशेषगरी युवाहरुको जिवनसँग जोडीएको यो पुस्तकले युवालाई प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँले बताउनुभएको छ । जे जस्तो अवस्था आएपनि युवाहरु पछी नहटेर अनेकौं दिमाक प्रयोग गरेर अगाडी बढ्न यो पुस्तकले मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
३ लाख थान पुस्तक विक्री गर्ने उदेश्यका साथ देश दौडाहामा हिडेका महाविर पुनका ६१ हजार थान पुस्तक विक्री भइसकेको विज्ञान शिक्षक समाज दाङका सचिव तिलक शाहुले जानकारी दिनुभयो । यो समाचार तयार पार्दा सम्म दाङको तुलसीपुरमा पहिलो दिन आज मात्रै ६ सय बढि पुस्तक विक्री भइसकेको उहाँले बताउनुभयो । यो पुस्तक विक्रीबाट आएको सबै पैसा विरगंजमा रहेको कृषि औजार कारखाना सुधार गरी सञ्चालन गर्ने काममा लगाउने उदेश्य रहेको छ । ३०८ पेज रहेको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।।


















