२०८३ असोज २५ गते आइतवार

सेनाको युनिटी जर्नलमा उत्कृष्ट हुनेलाई २ लाखसम्म पुरस्कार

तुलसीपुर २३ फागुन । नेपाली सेना स्थापनाको २६१ औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो युनिटी जर्नलको पाँचौँ संस्करण प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले विमोचन गर्नु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको उक्त प्रतियोगिताका उत्कृष्ट २७ वटा लेख रचनाहरुलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरु सन्नीम लामा, सुदिप अधिकारी र मनिष जंग पुलामीलाई प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा आयोजित विमोचन समारोहमा क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मुल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरुका साथै लेखकहरुलाई कदरपत्र प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।