
रुकुम पश्चिम, १४ फागुन । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडि बजारमा रहेको प्रभु बैंक शांखाका कर्मचारीले अपचलन गरेको रकम बैंकले पिडितको खातामा जम्मा गरेको छ । हिजो आइतबार बैंकले ६७ लाख ९८ हजार रुपैयाँ पिडितको रकम खातामा जम्मा गरेको हो । पिडितहरु मध्ये छानबिनबाट पुष्टि भएका केहिको रकम बैंकले फिर्ता दिएको छानबिन समितीका सयोंजक हरि पुनले जानकारी दिनुभयो । बाँकी पिडितहरुको छानबिन भैरहेको र पुष्टि भएपछी आफ्ना कर्मचारीले अपचलन गरेको रकम उपलव्ध गराईने बैंकले जनाएको छ । हिजो बैंकले खले कामीको १ लाख, पदमकुमारी थापाको २ लाख ५० हजार, सिता केसीको ४ लाख ३८ हजार, मनबहादुर कुसारीको २ लाख १६ हजार, कालिबहादुर बुढाको ४ लाख ५० हजार, डिल्ली मल्लको ६ लाख ९९ हजार, नैनंसिङ ओलीको ७ लाख, जितबहादुर खत्रीको ६ लाख रुपैया जम्मा गरेको छ ।
त्यस्तै रेखाकुमारी रावतको १ लाख ५० हजार, डन्डे कुसारीको ८ लाख, पिसजोन बोर्डिङ स्कुलको ९ लाख, शकंरबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको १ लाख ८१ हजार र विमला ओलीको ४ लाख रुपैया जम्मा भएको छ । छानबिन तिब्र रुपमा चलिरहेको र चाँडै सत्यतथ्य बाहिर आउने बताईएको छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्धा समेत दर्ता भएको छ । रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने अहिले सम्म फरार रहेका छन । अहिले उक्त शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर नयाँ कर्मचारीको टोलीले दैनिक काम गरिरहेको छ ।।