२०८३ कार्तिक ११ गते बुधवार

हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ

तुलसीपुर, १२ फागुन । हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ जुम्लाबाङका ५१ वर्षिय हस्तराम खड्काको हत्या गरेको आरोपमा उनकै नाती २३ बर्षिय डिल्लीरमण खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पलसहित पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन्। पक्राउ परेका आरोपि खड्कालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मुसिकोट नगरपालिका (१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटिबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको थियो ।।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।