तुलसीपुर, २२ माघ । दाङमा अधिकांश हत्या अपराधमा आफन्तकै संलग्नता हुने गरेको छ । दाङमा साढे तीन वर्षको अवधिमा ५४ जनाको हत्या भएको छ ।ति मध्ये अधिकांश हत्या अपराध आफन्तबाटै भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र२०७८ देखि चालुवर्षको माघ २१ गतेसम्ममा ५४ जनाको हत्या भएको छ ।
आर्थिक वर्ष २०७७र२०७८ मा १९ जनाको हत्या भएको छ । यस्तै आर्थिक २०७८र२०७९ मा १७, बितेको आर्थिक वर्ष २०७९र२०८० मा ९ र चालुवर्षको साढे ६ महिनाको अवधिमा ९ जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी, घाँटी थिचि, कुटपीट गरी, गोलि प्रहार गरी, ढुंगामुडा , लाठी प्रहार गरी, डोरीले बाँधेर, विष खुवाएर , धकेलेर हत्या भएको देखिएको प्रहरीको रेकर्डले देखाएको छ ।
प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।