२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु

तुलसीपुर, १९ माघ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । हिजो बिहिवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किदा जलेर मृत्यु भएको हो ।

घरमा कोही नभएको समयमा घटना भएको हुदा स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज केसीको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चौधरी मृत अवस्थामा फेला पर्नु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।