दाङ, १२ माघ ।दाङमा चालु आर्थिक वर्षको नौ महिनामा ९२ बढी सवारी दुर्घटना भएका छन् । बढ्दो सवारी साधनको चाप, तीव्र गति र साँघुरो सडकका कारण दाङमा सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पुससम्म दाङका विभिन्न स्थानमा भएका ९२ सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा एक सय पाँच जना गम्भीर र ६४ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङकले देखाएको छ । गत वर्ष दाङमा एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भएको थियो । जसमा एक सय ४८ जना गम्भीर र एक सय १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।